अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

सुनिल खनाल अमेरिकी आयोगमा नियुक्त

बिआरटीनेपाल २०७५ भदौ ३ गते ११:४३ मा प्रकाशित

अमेरिकी सरकारको स्थानीय योजना आयोग सदस्यमा नेपाली मूलका सुनिल खनाल नियुक्त भएका छन् । खनालले दुई वर्ष सम्म योजना आयोगको सदस्यको रूपमा विकास योजनाहरू तर्जुमा गर्ने छन् । अमेरिकाको पश्चिम उत्तरमा रहेको वासिङ्टन राज्यको और्वन सिटीको योजना आयोगमा सबै प्रक्रिया पुरा गर्दै छनौट भएका हुन ।

खनाल २० वर्षअघि अमेरिका आएका थिए । खनाल और्वनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लबमा सह संयोजक छन् ।  ७५ हजार जनसङ्ख्या रहेको और्वन सिटीका मेयर न्यान्सि बाकुसले गत हप्ता खनाललाई पदभार ग्रहण गराइन् । अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि सुरुमा निवेदन दिएर अन्तर्वार्ता पास गर्नु पर्ने र सो चरण पास गरेपछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाइ पास भएपछि गरिने सिफारिसलाई आधार मानेर मेयरले नियुक्ति प्रक्रिया छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू