अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:३७ मा प्रकाशित

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको शुक्रबार पूर्णराजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नयाँदिल्लीस्थित यमुना नदीको किनारको स्मृतिस्थलमा बाजपेयीको अन्त्येष्टि गरिएको हो । त्यसअघि, स्मृतिस्थलमा परिवारजन र उच्चपदस्थ व्यक्तिहरुले स्व. बाजपेयीप्रति अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत विभिन्न देशबाट अन्त्येष्टिमा सहभागी हुन गएका विदेशी पाहुनाहरुले पनि सोही स्थलमा श्रद्धाञ्जलि दिएका थिए । भारतीय सेनाका स्थल, जल र हवाई सेनाका टुकडीहरुले स्वर्गीय बाजपेयीप्रति सम्मानगारद् अर्पण गरेका थिए । त्यसअघि, शुक्रबार बिहान ११ बजेदेखि बाजपेयीको पार्थिव शरीर दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको थियो ।

भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ले सम्मानित बाजपेयीको निधनमा सात दिनसम्म औपचारिक कार्यक्रम नगरी शोक मनाइने र राष्ट्रिय झन्डा आधा झुकाउने भारत सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू