अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

पोखरामा शुक्रवार देखि बीच भलिबल प्रतियोगिता शुरु

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:२९ मा प्रकाशित

पोखराको फेवाताल किनारमा शुक्रबारदेखि अन्तर क्लब खुल्ला पुरुष बीच भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगितामा आर्मी र सशस्त्रको ४ विभागीयसहित २२ टिमको सहभागिता रहेको छ । पोखराको बैदामस्थित बाराहीघाटको बीच भलिबल कोर्टमा शुरु प्रतियोगितामा कास्की जिल्ला भलिबल संघबाट ६ वटा र बाँकी अन्य क्लब तथा जिल्लाबाट सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्पन्न उद्घाटन खेलमा कास्की जिल्ला भलिबल संघको ‘बी’ टिमले नेपाली सेनाको सिद्धिबक्स गण फूलबारी ‘ए’ लाई पराजित गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भलिबलका राष्ट्रिय रेफ्री राजन पौडेललाई भलिबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको उल्लेख गर्दै सिंगो गण्डकी प्रदेशकै खेलकुद विकासका लागि प्रदेश सरकारले एकेडेमी, परिषद तथा बहुउद्देश्यीय रंगशाला निर्माणको योजनालाई अघि सारेको वताउनुभयो । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई स्पोर्ट्स सिटिका रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका विजेतालाई ३० हजार र उपविजेतालाई २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया