अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२ | Colorodo: 09:07

पोखरामा सामाजिक परिचालक र प्रहरीवीच झडप, १० आन्दोलनकारी घाईते

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:२४ मा प्रकाशित

जागिरमा पुर्नबहालीको माग राख्दै पोखरामा आन्दोलनरत् सामाजिक परिचालकलाई प्रहरीले हातपात गर्दा १० जना आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेहरुमा रेनु सुनार, भगवनी लामिछाने, शर्मिला ढकाल, सिता सुवेदी, शर्मिला पौडेल, बिष्णुमाया नेपाली, अमृता बस्याल नेपाली, तेजप्रसाद शर्मा, मोहन थापा रहेका छन् ।

जसमध्येमा बिष्णुमाया नेपाली र अमृता बस्यालको टाउकोमा चोट लागेको संघर्ष समितिकी संयोजक कमला खनालले जानकारी दिनुभएको छ । कामको मुल्याकंन नगरि अवकाश दिएको विरोधमा संघले देशव्यापि रुपमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ । तत्कालिन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट, ०७४ पौष १४ गते देशभर एकसाथ ४ हजार ६ सय ६४ जना सामाजिक परिचालकलाई जागिरबाट निष्कासित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू