अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

सरकारको विरोधमा सिंहदरबार अगाडि युवाको नग्न प्रदर्शन

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:२३ मा प्रकाशित

नेपाल सरकारको विरोधमा शुक्रवार एक युवाले मुलुकको प्रमुख प्रशासनिक केन्द« सिंहदरवार अगाडि नग्न प्रदर्शन गरेका छन् । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा जितिन लिम्बु नाम गरेका युवाले सड्कमा नाङ्गै हिंडेर प्रदर्शन गरेका हुन । त्यसक्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् ।

लिम्वुले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए । उनको छाती ‘नेपाल सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन्, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो ।

सडकमा नग्न प्रर्दशनमा उत्रिएका लिम्वुलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको थियो । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू