अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

सर्वोच्चको आदेशमा रिहा प्रकाण्ड पुनः पक्राउ

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:१७ मा प्रकाशित

सर्वोच्च अदालतको आदेशमा रिहा हुनुभएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले पुनः पक्राउ गरेको छ । प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्वका न्यायाधीशद्वय चोलेन्द्र समशेर जवारा र तेजबहादुर केसीको इजलासले शुक्रबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो । रिहा भए लगत्तै उहाँलाई प्रहरीले पुन पक्राउ गरेको हो । उनलाई केही समय अघि काभ्रेमा एनसेलको टावरमा आगजनी गरेको आरोप लगाइएको छ ।

यसअघि जबरजस्ती चन्दा असुलीको अभियोगमा प्रकाण्डलाई पक्राउ गरिएको थियो । प्रकाण्डलाई प्रहरीले हिरासतमा राखेको भन्दै नरेन्द्र बहादुर सिंह विश्वकर्माले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो । जबरजस्ती चन्दा उठाएको भन्दै प्रहरीले साउन २२ गते प्रकाण्डसहित तीन जना कम्युनिष्ट पार्टीका नेतालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू