अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

देवानी र फौजदारी संहितामा कमजोरी देखिए सच्याउन तयार – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ भदौ १ गते ९:१४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि लागु भएको देवानी र फौजदारी संहितामा कुनै कमजोरी देखिए सरकार आवश्यकता अनुसार सच्याउन तयार रहेको वताउनुभएको छ । संहिताका कतिपय विषयमा भ्रम फैलाइएको आरोप लगाउदै उहाँले संहिता संसोधन गर्न सकिने दस्तावेज भएको स्पष्ट पार्नुभयो । । सिंहदरबारमा देवानी र फौजदारी संहिता लागू भएको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलो र दोश्रो संविधान सभाले छलफल गरेपछि रुपान्तरित संसदले संहिता पारित गरेको वताउनुभयो ।

संहिताको विरोधमा कतिपय भ्रमपूर्ण कुरा भईरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको पछाडी कुदिरहन जरुरी नभएको टिप्पणी गर्नुभएको छ । संहितामा कुनै कमजोरी देखिए सरकार सच्याउन तयार रहेको प्रधानमन्त्रीको भनाई थियो । गत साल लालमोहर लागेको कानुनमा अहिले चर्चा गरिएको प्रति समेत प्रधानमन्त्रीले असन्तुष्टि जनाउनुभएको छ । तर कुनै नयाँ कानुन लागू गर्दा केही असजिलो देखिए पनि विस्तारै सहज हुदैँ जाने प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । शुक्रबारदेखि मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधी , मुलुकी अपराध संहिता र मुलकी फौजदारी कार्यविधी संहिता लागू भएको छ । यी संहिताहरु २०७४ साल असोज ३० गते संसदले पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू