अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

पोर्चुगलमा “नलीना एकल साङ्गीतिक साँझ” हुँदै

बिआरटीनेपाल २०७५ साउन ३१ गते २२:३७ मा प्रकाशित

लिस्वोन, दुई दशक पहिलेकी बहु चर्चित नेपाली पप गायिका नलीना चित्रकार पोर्चुगल आउने कार्यक्रम तय भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगल र सङ्घीय नेपाली महिला फोरम, पोर्चुगलले संयुक्त रूपमा नेपालको सुदूर पश्चिमका महिला तथा बाल बालिकाहरूमा लागेको गम्भीर प्रकृतिका रोगको उपचारार्थ सहयोग स्वरूप यही २०१८ अगष्ट १९ तारिख आयोजना गरिएको “नालीना एकल साङ्गीतिक साँझ” कार्यक्रमलाई गायिका चित्रकारले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गायिका चित्रकार हाल युरोप भ्रमणमा रहेकी छन् । यूरेपका विभिन्न देशहरूमा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदै पोर्चुगल आउन लागेकी गायिका चित्रकारले आफ्ना पुराना तथा नयाँ गीतहरूमार्फत भरपुर मनोरञ्जन दिने कुरामा आयोजकहरू ढुक्क रहेका छन् ।

यही अगष्ट १९,२०१८ मा हुने उक्त साङ्गीतिक कार्यक्रममा च्यारीटी डिनर सहित हुने उक्त कार्यक्रम लिस्वोन स्थित प्रसार दा स्पान्यामा रहेको रेस्टुरेन्ट ओके मुण्डोमा कार्यक्रम तय भएको कुरा आयोजकले जानकारी दिएका छन् । यही आइतबार बेलुका ८ बजे देखी १२ बजे सम्म हुने उक्त च्यारीटी डिनर तथा साङ्गीतिक साँझ कार्यक्रममा उपस्थित हुनका लागि पोर्चुगलवासी नेपाली डायस्पोराका सम्पूर्ण दाजु भाइ तथा दिदी बहिनीहरूलाई आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू