अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

एयरपोर्ट बनाउँदै हो कि, बालबालिका खेल्ने घर ? :सांसद पहाडी

रामजी प्रसाद लम्साल, पोखरा २०७५ साउन ३१ गते १७:१७ मा प्रकाशित

पोखरामा निर्माणाधिनं क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुन विवादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरूले सङ्घीय सरकारको कडा आलोचना गरेका छन् । गण्डकी प्रदेशको चालु अधिवेशनमा बिहीबार शून्य र विशेष समयमा बोल्ने सांसदहरूले कहिले कुन बहाना त कहिले कुन बहानामा एयरपोर्ट बन्न नदिने खेल बढ्नुमा चिन्ता व्यक्त गरेका छन् । सांसद राजिब पहाडीले एयरपोर्टलाई कति जग्गा चाहिन्छ पहिले थाहा हुँदैन? केटा केटीले माटोको घर बनाइ खेलेको हो र?पहाडीको भनाइ थियो । कहिले ह्याँगरको बहानामा त कहिले अर्को निहुँमा जग्गा अधिकरण गर्ने भन्दै स्थानीयको घर बास उठाउने गरी पटक पटक सूचना जारी गर्नु जायज नभएको जिकिर गर्नुभयो । कुनै पनि बहाना बाजीमा अब एयरपोर्ट निर्माणको काम नरोकिकन स्थानीय जनताको चित्त बुझ्ने गरी काम गर्न प्रदेश सरकार मार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दीपक कोइरालाले एयरपोर्ट निर्माणको काम रोक्न नहुने र स्थानीय बासीलाई अन्यायमा नपारिकन समस्याको हाल खोज्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । अर्का सांसद कृष्ण चन्द्र नेपालीले सामाजिक परिचालकहरूको आन्दोलनमा सरकारबाट दमन भएको भन्दै तत्काल उनीहरूको मागलाई सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

शून्य तथा विशेष समयमा बोल्ने सांसदहरूले बाढी पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिको जानकारी दिँदै पीडितहरूलाई राहत र पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यान पुग्न आवश्यक भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू