अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

ठोस कार्य योजना बनाएर अघि बढ्छौंः नवनियुक्त सिइओ ज्ञवाली

बिआरटीनेपाल २०७५ साउन ३१ गते १७:०६ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको ठोस कार्य योजना बनाएर पूर्व निर्धारित समयमै पुनर्निर्माणको काम सम्पन्न गर्ने बताउनु भएको छ । पदवहाली पछि आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्य योजना साथ अघि बढ्ने बताउनु भएको हो ।
सुरुको चरणमा पुननिर्निर्माणको जग बसाल्ने काममा आफू र कर्मचारीहरू अहोरात्र खटेको स्मरण गर्दै सिइओ ज्ञवालीले भन्नुभयो, “विगतका अनुभव र पाठका आधारमा पुनर्निर्माणमा देखा परेका समस्याहरूलाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्ने छौँ ।”

उहाँले स्थानीय तहमार्फत जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व वर्ष बनाउने भयो ।

कार्यकारी अधिकृत ज्ञवालीलाई प्राधिकरणमा स्वागत गर्दै प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीहरूले स्वागत गरेका थिए । २०७५ श्रावण २९ गते बसेको मन्त्रिपरिपरिषद्को बैठकले ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू