अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

मिसेस् नेपाल आइडल उपाधि श्रीजनालाई

बिआरटीनेपाल २०७५ साउन ३१ गते १६:५१ मा प्रकाशित

तेस्रो सिजनको मिसेस् नेपाल आइडलको उपाधि श्रीजना श्रेष्ठले हात पारेकी छिन्। उनले उपाधि सहित मस्ट ईन्टलिजिन्ट र मस्ट पपुलरको अवार्ड पनि हात पारिन् । विगत ३ वर्ष देखी विवाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन र गराउनबाट डराई रहेका महिलाहरू तथा अवसरबाट वञ्चित महिलाहरूको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मञ्चमा प्रतिस्पर्धा गराउने र समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो रनरअप सिम्रन बाइबा घोषित भइन, उनले उपाधि सहित बेस्ट ट्यालेन्टको उपाधि पनि हात पारिन । त्यस्तै दोस्रो रनरअप गङ्गा पौडेल घोषित भइन, उनले उपाधि सहित मस्ट कन्फिडेन्सको उपाधि पनि प्राप्त गरिन ।

विगत ६ वर्ष देखी सौन्दर्य एवं नाटकको आयोजना गर्दै आएको संस्था अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अन्य विभिन्न विधाका सबटाईटलहरुमा मस्ट स्मार्ट कृष्ण कुमारी श्रेष्ठ, बेस्ट पर्सानालिटी सीमा थापा खड्का , मस्ट एट्रक्टिभ रजनी गुरुङ, बेस्ट स्माईल रमा रश्मि, बेस्ट स्किन मधु सुनार, मस्ट एक्टिभ सुशीला गुरुङ, बेस्ट मेयर इन्दिरा श्रेष्ठ, मस्ट चार्मिङ सुशीला तामाङ, बेस्ट फोटोजेनिक सुजता श्रेष्ठ, बेस्ट ड्रेस इन्दिरा श्रेष्ठ र मिसेस् पब्लिक चईस सीमा थापा खड्काले प्राप्त गरे। 

प्रतियोगितामा १६ प्रतिस्पर्धीहरू थिए । प्रतियोगीलाई कोरियोग्राफर हिमानी सुब्बाले १ महिना लामो प्रशिक्षण दिएकी थिइन । प्रतियोगिताका निर्णायकका लागि चर्चित गायक एवं र्यापर निर्णय एन.एस.के, मिस नेपाल २००५ सुगारिका केसी, मिसेस् मंगोल विजेता धनमाया मगर थिए । कार्यक्रमक प्रमुख निर्णायकमा गायक, सङ्गीतकार एवं साहित्यकार बुलु मुकारुङ रहेका थिए । 

प्रतिक्रिया