अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल

बिआरटीनेपाल २०७५ साउन ३१ गते १५:४४ मा प्रकाशित

गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौँको वितरक एभ ट्रेडिङ प्रालिसँग मिलेर हिजो मङ्गलवार रिटेलर्स मिट सम्पन्न गरेको छ ।  उक्त रिटेलर्स मिटमा दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका करिब ३ सय मेकानिक्स तथा लुब्रिकेन्ट्स बिक्रेताहरू सहभागी थिए ।  

सो अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका महासचिव ठाकुरप्रसाद न्यौपानेले मेकानिक्सहरुले सही लुब्रिकेन्टको पहिचान गर्नु पर्ने आवश्यकतामा जोड दिँदै सडक सुरक्षाका लागि कन्डिसनयुक्त सवारी साधन सडकमा गुडाउनका लागि मेकानिक्सको महत्त्वपूर्ण भूमिका हुने बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष प्रकाश कपुरी, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई, नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक आचार्य र पशुपति माइक्रो बस व्यवसायी सङ्घका अध्यक्ष मधुसूदन आचार्यले देश निर्माणमा मेकानिक्सहरुको महत्त्वपूर्ण भूमिका भएकाले स्तरीय पार्ट्स र लुब्रिकेन्ट उपलब्ध गराएर रिटेलरहरुलाई सडक सुरक्षा र देश निर्माणमा भूमिका खेल्न आग्रह गरे ।

एभ ट्रेडिङ प्रालिका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले आगामी स्किमको बारेमा जानकारी दिँदै सधैँ जस्तै आगामी दिनमा पनि साथ दिन रिटेलर्सहरुलाई आग्रह गरे ।  सो अवसरमा गल्फ लुब्रिकेन्टको वितरक नेपाल ल्युब आयल लिमिटेडका सेल्स म्यानेजर दिवाकर मिश्रले गल्फ लुब्रिकेन्टको उत्पादन प्रक्रिया र गुणस्तर तथा यसको समग्र बजार अवस्था बारेमा जानकारी प्रदान गरेका थिए ।

नेपाल ल्युब आयल लिमिटेडले एभ ट्रेडिङ प्रालि अन्तर्गतका डिलरहरू मध्ये आर्थिक वर्ष २०७४/७५ मा धेरै लुब्रिकेन्ट्स वितरण गर्ने र आगामी आर्थिक वर्ष २०७५/७६ का लागि समेत प्रतिबद्धता व्यक्त गर्ने वितरकहरूलाई विभिन्न पुरस्कार वितरण गरेको छ ।  यसरी एसएन्डएस ट्रेड कन्सर्न, अबि ट्रेड लिङ्क र डीएस ट्रेड लिङ्कले सुजुकी भिटारा ब्रेजा कार पाएका छन् । त्यसै गरी एएन मोटर पार्ट्स, कारमान्डु मोटर्स, सिन्धुली अटो र अटो एभले रोयल इन्फिल्ड बुलेट ३५० सिसी बाइक पाएका छन् । अनि एभ मोटर्स, सोनित अटो पार्ट्स र धन श्री अटो केयरले यामाहा सलुटो बाइक पाएका छन् ।  ताज पुरिया ट्रेड लिङ्क, अमन ट्रेड लिङ्क र कमल ट्रेड लिङ्कले थाइल्यान्ड भ्रमण गर्ने मौका पाउने भएका छन् ।  रिटेलरहरुलाई यी बाहेक एलईडी टिभी, ल्यापटप, केटल आदि समेत प्रदान गरिएको थियो ।

विजेताहरूलाई अतिथिहरूका साथै नेपाल ल्युब आयल लिमिटेडका सेल्स म्यानेजर दिवाकर मिश्र, एकाउन्ट तथा फाइनान्स म्यानेजर रामप्रसाद फुयाँल, मार्केटिङ एन्ड ब्रान्ड हेड रविन्द्र उपाध्याय र मार्केटिङ म्यानेजर प्रद्युम्न न्यौपाने लगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल ल्युब आयल लिमिटेडले ३२ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू