अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध ३०० बढी सन्चार माध्यमको अभियान

बिआरटीनेपाल २०७५ साउन ३१ गते ८:२९ मा प्रकाशित

अमेरिकामा ३०० भन्दा बढी सन्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले सन्चार माध्यम माथि गरेको आक्रमण र स्वतन्त्र प्रेसका लागि भन्दै अभियान नै सन्चालन गरेका छन् । गत हप्ता ‘दी बोस्टन ग्लोब पत्रिका’ले राष्ट्रपति ट्रम्पले प्रेसविरुद्ध फोहोरी आक्रमण सुरु गरेको भन्दै राष्ट्रव्यापी निन्दाको आह्वान गरेको थियो । यसका लागि ह्यासट्याग ‘इनेमी अफ नन’ प्रयोग गरिएको छ ।

ट्रम्पले सन्चारमाध्यमको रिपोर्टलाई मजाक उडाउँदै त्यसलाई ‘फेक न्यूज’ र पत्रकारहरुलाई ‘जनताका शत्रु’ को संज्ञा दिनुभएको छ । संयुक्त राष्ट्रसंघका विज्ञहरुले राष्ट्रपति ट्रम्पको भनाइले पत्रकारमाथि हिंसा बढ्ने खतरा औंल्याएका छन् । दी बोस्टन ग्लोबले प्रेसमाथि प्रशासनको आक्रमणविरुद्ध सम्पादकीय लेख्दै पत्रकारहरु शत्रु नभएको र प्रेस स्वतन्त्रता २०० वर्षभन्दाअघिदेखि अमेरिकीको मूल सिद्धान्त भएको तर्क गरेको छ ।

न्यूयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पको प्रेसमाथिको आक्रमण प्रजातन्त्रका लागि खतरा भएको उल्लेख गरेको छ । सन्चारमाध्यमले पनि प्रेस स्वतन्त्रताको पक्षमा सामग्रीहरु प्रकाशित गरेका छन् । अमेरिकामा प्रेसमाथि राष्ट्रपति ट्रम्पको लगातारको आक्रमण र निन्दापछि यस्तो अभियान चलाईएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू