अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन

बिआरटीनेपाल २०७५ साउन ३१ गते ८:२७ मा प्रकाशित

भारतीय पूर्वप्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको निधन भएको छ । लामो समयसम्म अस्वस्थ भइ उपचार गराइरहेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार नयाँ दिल्लीस्थित अल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा निधन भएको हो । विगत जुन ११ देखि अस्पताल भर्ना हुनुभएका बाजपेयीको बिहिबार साँझ ५ बजेर ५ मिनेटमा निधन भएको एम्सले विज्ञप्ति मार्फत जनाएको छ ।

भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटकसम्म भारतका प्रधानमन्त्री वन्नुभएको थियो । भारतमा पूर्व प्रधानमन्त्री वाजपेयीलाई एक सर्वप्रिय कवि, वक्ता र समावेशी राजनीतिका पर्याय समेत मानिन्छ । सन् १९५१ मा भारतीय जनसंघको संस्थापक सदस्य हुँदै राजनीति सुरू गरेका वाजपेयी कुशल भाषण कला शैलीबाट राजनीतिमा चिनिनुहुन्छ । भारतको वर्तमान नरेन्द्र मोदी सरकारले वाजपेयीकोे जन्मदिन डिसेम्बर २५ को अवसर पारेर ‘गुड गवर्नेन्स डे’ मान्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू