अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरिरहेको प्रधानमन्त्री ओलीको आरोप

बिआरटीनेपाल २०७५ साउन ३१ गते ८:१९ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा वोल्दै अध्यक्ष ओलीले झुटको खेती गरेर जनतालाई अन्योलमा राख्ने काम तत्काल बन्द गर्न कांग्रेसलाई आग्रह गर्नुभयो । स्वस्थ प्रतिस्पर्धाका आधारमा राजनीति गर्न सुझाव दिँदै ओलीले सरकारको काममा व्यवधान पनि कांगे्रसलाई सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान, अखण्डता र शान्तिलाई खल्बलाउन खोज्ने जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिनुभयो । सरकार आफ्नो काममा स्पष्ट रहेको भन्दै प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीमा सरकार अडिग रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले कतिपय नयाँ अभ्यासमा व्यवधान आउनु स्वभाविक भएको भन्दै त्यस्ता व्यवधान समाधान गरिने समेत वताउनुभयो ।

कार्यक्रममा वोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध नेपाल र खुशी नेपाली बनाउने अभियान अनुसार सरकारले विकास र समृृद्धिको उद्देश्य अनुरुप काम गरिरहेको वताउनुभयो । नयाँ कार्यकर्ता नेकपामा प्रवेश गर्दा पार्टी अझ बलियो भई थप उत्साह थपिएको अनुभूति आफूलाई भएको प्रचण्डको भनाई थियो ।

सो अवसरमा पार्टी अध्यक्षद्वयले नेपाली काङ्ग्रेसलगायत पार्टीबाट नेकपमा प्रवेश गर्ने ३०० जनालाई टीका र माला लगाएर पार्टीमा प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू