अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

भेनेजुयलाका राष्ट्रपति मडुरोको हत्या प्रयास गरेको आरोपमा थप १४ जना पक्राउ

बिआरटीनेपाल २०७५ साउन ३० गते ८:२५ मा प्रकाशित

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको हत्या प्रयासको आरोपमा थप १४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सुरक्षा गार्डका जर्नेल र कर्णेल समेत रहेको जनाईएको छ । यही अगष्ट ४ मा भेनेजुयाली सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मडुरोमाथि ड्रोन आक्रमण भएको थियो ।

आक्रमणमा सात सैनिक घाइते भएका थिए । यद्यपि, राष्ट्रपति भने सकुसल रहन सफल हुनुभएको थियो । घटनामा विपक्षी दल र छिमेकी मुलुक कोलम्बियाको हात रहेको आरोप लगाउँदै राष्ट्रपति मडुरोले हत्या योजनामा संलग्न कसैलाई पनि नछोड्ने चेतावनी दिनुभएको थियो । यसअघि पनि घटनामा संलग्नताको आशंकामा २१ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू