अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

इटालीमा पुल भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो, १२ जना अझै बेपत्ता, खोजी कार्य जारी

बिआरटीनेपाल २०७५ साउन ३० गते ८:२४ मा प्रकाशित

इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा मृत्यु हुनेको संख्या कम्तीमा ३९ पुगेको छ । दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका छन् । अधिकारीहरुले अझै १२ जना बेपत्ता भएको बताएका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

पुल भत्केसंगै पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधन खसेका थिए । दुर्घटनामा परेकाहरुको खोजी र उद्धारका लागि ३ सय जना उद्धारकर्ताहरु परिचालन गरिएको छ । जिनोआमा भीषण वर्षा भइरहेका बेला पुल खसेको थियो । पुलको सुरक्षाको विषयमा यसअघि पनि प्रश्न उठाइँदै आईएको वताईएको छ ।

दुर्घटनाग्रस्त पुल सन् १९६० को दशकमा निर्माण भएको थियो । उक्त पुलले इटालीको रिभेरा र फ्रान्सको दक्षिण तटीय क्षेत्रलाई जोड्दै आएको थियो । निर्माण पछि पुलको सन् २०१६ मा मर्मत गरिएको थियो । त्यसयता पुलको नियमित अनुगमन गरिँदै आएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू