अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

गण्डकी प्रदेशमा दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणिकरण

बिआरटीनेपाल २०७५ साउन ३० गते ८:२२ मा प्रकाशित

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेको ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गर्नुभएको छ । प्रदेश सभाले साउन २१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुवँरले बुधबार प्रमाणिकरण गर्नुभएको हो ।

प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई बुधबार साउन ३० गते प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले पाउने बित्तिकै बुधबार नै उक्त विधेयकको पाँच प्रतिमा हस्ताक्षर गरि प्रमाणिकरण गर्नुभयो । नेपालको संविधान धारा २०१ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यो विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी उपसचिव विश्व प्रकाश न्यौपानेका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक-एक प्रति बुधबार नै पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू