अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

बेलायती संसद भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

बिआरटीनेपाल २०७५ साउन २९ गते ९:१३ मा प्रकाशित

बेलायतको संसद भवनअगाडि का दुर्घटना गराईएको छ । एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानको भीडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शंकास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।

विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारी–साधनको प्रयोग गरी चारओटा आतंकवादी आक्रमण भइसकेका छन् । दुर्घटनापछि बेलायतको मुख्य प्रशासनिक इकाइसमेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीले आम सर्वसाधारणलाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।

सोही स्थानमा मार्च २०१७ मा पनि आतंकवादी हमला भएको थियो । खालिद मसूद नाम गरेका एक व्यक्तिले वेस्टमिन्स्टर ब्रिजमा चारजना मानिसको ज्यान लिनेगरी कारबाट आक्रमण गरेका थिए । लन्डनको महानगरीय प्रहरीले प्रतिआतंकवाद कमान्डले घटनाको अनुसन्धान थालिसकेको जानकारी दिएको छ । कार दुर्घटनामा केही व्यक्ति घाइते भएपनि उनीहरु जटिल अवस्थामा नरहेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू