अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

इटालीमा पुल भत्किदा कम्तीमा २२ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन २९ गते ९:११ मा प्रकाशित

इटालीमा एक पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अरु थुप्रै मानिस घाइते भएको जनाईएको छ । इटलीको गेनोआमा रहेको पुल एक्कासि भत्कँदा पुलमा गुडिरहेका थुप्रै सवारी–साधन करिब ९० मिटर तल खसेका थिए ।

सन् १९६० मा बनेको प्रख्यात मोरान्दी पुल इटालीमा आउने आँधीका कारण जीर्ण बन्दै गएको थियो । इटलीमा केही दिनदेखि जारी वर्षाका कारण जीर्ण बन्दै गएको पुल भत्केको हुनसक्ने आंकलन गरिएको छ । घटनामा दर्जनौं सवारी–साधनमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान थालिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले वताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू