अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

प्रतिनीधि सभा संसदीय समितिको सभापति निर्वाचन भाद्र ५ गते हुने

बिआरटीनेपाल २०७५ साउन २९ गते ९:०९ मा प्रकाशित

प्रतिनिधि सभाका विषयगत समितिको सभापति चयनका लागि आउँदो भाद्र ५ गते निर्वाचन हुने भएको छ । हाल प्रतिनिधि सभाका समितिहरु जेष्ठ सदस्यले सञ्चालन गर्दै आएका छन् । प्रतिनिधि सभा नियमावली तयार भएको लामो समय बतिसक्दा पनि समितिहरु गठन भएका थिएनन् ।

प्रतिनिधिसभाका दश वटै विषयगत समितिमा नेकपाको बहुमत रहेको छ । लेखा समिति भने प्रतिपक्षी दलले नेतृत्व गर्ने अन्तराष्ट्रिय प्रचलन छ । संसदीय समितिहरुले कानुन निर्माण तथा सरकारको काम कारवाहीको निगरानी गर्ने काम गर्दछन् । सरकारले कुनै कानुन, नियमावली वा निर्देशका नबनाएको अवस्थामा संसदीय समितिको निर्देशन बाध्यकारी मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू