अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

गुरुङ्ग समुदायको मौलिक सांस्कृतिक पर्व ट्होंटे हर्षोल्हासका साथ मनाइयो

बिआरटीनेपाल २०७५ साउन २९ गते ९:०६ मा प्रकाशित

‘राष्ट्रिय संस्कृति बचाऔं, ट्होंटे पर्व मनाऔं’ भन्ने नाराका साथ गुरुङ समुदायले ट्होंटे पर्व हर्षोल्लासका साथ मनाएका छन् । उभौली र उद्यौली ट्होंटेका रुपमा यो पर्व साउन र चैत महिनाको अन्तिम मंगलबार वर्षको दुई पटक मनाउने प्रचलन रहेको छ । पोखरामा टोल–टोलबाट झाँकीसहित निकालिएको ¥याली नगर परिक्रमा सहित तमु धीं को कार्यालय नयाँबजारमा पुगेर सभामा परिणत भएको थियो ।

तमु धिं नेपालको आहृवानमा टोल टोलमा रहेका विभिन्न समाजसँग आबद्ध गुरुङ समुदायका सदस्यहरु ब्यानर र झाँकीसहित ¥यालीमा सहभागी भएका हुन् । सो अवसरमा गुरुङको जातीय पोसाक तथा विभिन्न जनवारदेखि, भूत, प्रेतका चित्रजस्ता मुकुन्डो, कालोमोसो, विभिन्न रङरोगन लगाएर रंगीबिरंगी झाँकी प्रस्तुत गरिएको थियो ।

ट्होंटे पर्वका अवसरमा शरीरमा खरानी, कालोमोसो र रुखको हाँगा टाँसेर धनुषकाँड, भाला लगायतका विशेष हतियार लिएर ढ्याङग्रो, छेली लगायतका बाजा बजाई नाँचगान गर्ने प्रचलन रहि आएको छ । ट्हो को अर्थ गाउँ -ठाउँ र टें को अर्थ लखेट्नु भन्ने हुन्छ । दुश्मनहरुलाई आतंकित पार्न र आफ्नो बस्तीबाट हटाउन सकिने विश्वासका साथ गुरुङ समुदायले ट्होंटे पर्व मनाउदैं आएका छन् । भूत प्रेत, पिचासलाई धपाएर बस्तीलाई शान्तिपूर्ण बनाउने पर्वको रुपमा ट्होंटेलाई लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू