अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 18:49

मिस्टर एन्ड मिस फ्रेसर नेपालका विजेता बने रमेश डाँगी र लक्ष्मी राउत

बिआरटीनेपाल २०७५ साउन २८ गते २३:२१ मा प्रकाशित

काठमाडौँ : एक्सप्लोर इन्टरटेन्मेण्टको आयोजनामा सम्पन्न भएको मिस्टर एन्ड मिस फ्रेसर नेपाल २०१८ सिजन वानमा रमेश डाँगी र लक्ष्मी राउत विजेता बनेका छन् l आफूलाई अन्य प्रतिस्पर्धी भन्दा फरक, बौद्धिक रूपमा अब्बल साबित गर्दै रमेश डाँगी र लक्ष्मी राउत २०१८ को अन्तिम छनौटमा अन्य प्रतिस्प्रधीहरुलाइ पछि पार्दै उपाधि जित्न सफल भएका थिए l त्यसै गरी मिस्टर तर्फ फर्स्ट रनरअप प्रदीप राई र सेकेन्ड रनरअप अशेष डंगोल भएका छन् भने मिस तर्फ फर्स्ट रनरअप श्वेता यादव र सेकेन्ड रनरअपमा कृति महर्जनले उपाधि जित्न सफल भएका थिए l 

प्रतिस्पर्धी युवा युवतीहरूलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिएर उनीहरूको आत्मा विश्वासलाई अझ मजबुत बनाइ उनीहरूको आत्मबललाई उजागर गराउने कार्य गरेको आयोजक सन्दीप श्रेष्ठले बताए l

मिस्टर एन्ड मिस फ्रेसर नेपाल २०१८ को अन्तिम प्रतिश्प्रधामा सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द, निर्माता तथा नायिका रोशनी केसी, समाजसेवी कृष्ण देवकोटा, निर्देशक प्रतिमाया पुन तथा सञ्चारकर्मी राजेन्द्र लुइँटेल निर्णायक मण्डलीमा रहेर विजेता घोषणा गरेका थिए l 

कोरियोग्राफर तथा नायक दिवस धितालले कोरियोग्राफ्री गरेको “मिस्टर एन्ड मिस फ्रेसर नेपाल २०१८” सौन्दर्य प्रतियोगिता एक्सप्लोर इन्टरटेन्मेण्टले आयोजना गरेको हो र कार्यक्रम निर्देशकमा प्रहिल कार्की रहेका छन् l कोरियोग्राफर दिवस धितालका अनुसार यस पुरुष सौन्दर्य प्रतियोगिताले नेपाली युवा युवतीहरू बिच व्यक्तित्व विकास र आफू सँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त भएका छन् र भविष्यमा यस्ता कार्यक्रमले गर्दा युवाहरूलाई प्रोत्साहन मिल्ने आत्मा विश्वासका साथ उनीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने कुरा उनी बताउछन । मिस्टर एन्ड मिस फ्रेसर नेपाल २०१८ कार्यक्रमको सञ्चालन भिजे तथा उद्घोषक प्रहिल कार्कीले गरेका थिए l

 

प्रतिक्रिया