अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

नेपाली क्रिकेटर सन्दिप, सोमपाल र ज्ञानेन्द्र आइसिसि एकदिवसीय बरियतामा

बिआरटीनेपाल २०७५ साउन २८ गते ९:४७ मा प्रकाशित

नेपालका तीन खेलाडीलाई समावेश गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ । सार्वजनिक भएको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन ।

२ ओडिआईबाट ४ विकेट लिएका सन्दिप बलिङ बरियताको २१७ औं स्थानमा परेका छन् । यस्तै समान २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी २२९ औं स्थानमा र समान २ खेलबाट एक अर्धसतकसहित ६४ रन बनाएका ज्ञानेन्द्र मल्ल २३६ औं स्थानमा समावेश छन् ।

नेदरल्याण्ड्स सँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको आईसीसीले जनाएको छ । यस्तै नेदरल्याण्ड्ससँग दुई वटा मात्रै एकदिवसीय खेल खेलेको नेपालले टिम वरियतामा स्थान पाउन अझै दुई खेल खेल्नुपर्छ । केही दिनअघि आइसिसिले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा पनि ब्याटिङमा नेपालका पारस खड्का र शरद भेषावकर तथा बलिङमा बसन्त रेग्मी र सोमपाल कामी समावेश भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू