अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

इन्डोनेसियामा विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु, १२ वर्षीय बालकको जीवितै उद्धार

बिआरटीनेपाल २०७५ साउन २८ गते ९:४६ मा प्रकाशित

इन्डोनेसियामा एउटा चार्टर्ड विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १ जना १२ बर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ । शनिबार उडान भरेको केही समयपछि सम्पर्कविहीन उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
तनह मेराहबाट पपुवा न्युगिनीको ओक्सिबी बिमानस्थलका लागि उडान भरेको केही समयमै डिमोनिम एअरको विमान दुर्घटना भएको थियो । चालक दलका सदस्यसहित ९ जना सवार उक्त विमान सम्पर्कविहीन भएको केही मिनेटमा विमानस्थलबाट ४० माईल पर दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको अधिकारीहरुले जनाएका छन् ।

विमान दुर्घटना भएलगत्तै आगलागी हुँदा १ जना बालकबाहेक अरु सबैको मृत्यु भएको हो । दुर्घटनामा बाँच्न सफल ती बालक होसमै रहेको र क्यामेरातर्फ हेरेको उद्धारमा पुगेकाहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू