अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

विप्लव नेतृत्वको नेकपा प्रवक्तालाई ४८ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश- भोली नेपाल वन्द आव्हान

बिआरटीनेपाल २०७५ साउन २८ गते ९:३७ मा प्रकाशित

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको छ ।

चन्दा उठाएको आरोपमा पक्राउ परेका उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो । प्रकाण्ड हाल प्रहरी हिरासतमा रहनुभएको छ । चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र प्रकाण्डलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।

यसैवीच, आफ्ना प्रवक्ता प्रकाण्ड लगायतका नेता कार्यकर्ताहरु पक्राउ परेको विरोधमा नेकपाले भोली नेपाल वन्दको आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू