अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

सुन्ने र सुनाउने श्रृंखलाको सातौँ भाग सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७५ साउन २८ गते ८:५१ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको सुन्ने र सुनाउने श्रृंखलाको सातौँ भाग हिजो सम्पन्न भएको छ । गला र कलाको तथा साहित्य र श्रीजनाको साझा मञ्चको अवधारणामा हुर्कँदै गरेको यो संस्थाले थुप्रै मन जित्दै बाक्लो उपस्थिति बिच छन्द कवि श्री देव भट्टराईको सभापतित्वमा कार्यक्रम सञ्चालन गरेको थियो । साथै साहित्यकार कवि तथा रेडियो प्रस्तोता यज्ञनिधि दाहाल र कलाकार मनुजबाबु मिश्रको निधन प्रति एक मिनेट मौन धारण गर्नुको साथै प्रतिष्ठानका उपाध्यक्ष श्री गौतम सागर राईकी अस्पतालको सघन कक्षमा राखेर उपचाररत रहनु भएकी आमाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । 

सेनुप्रसाद तिवारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा प्राय छन्दका कविताहरूको बाहुल्यता देखिएको थियो भने वसन्त लम्साल, दीपक गौतम र सम्झना पाण्डेका कर्णप्रिय गीतहरूले वातावरण सङ्गीतमय बनेको थियो । धन पौड्याल, विभीषिका अधिकारी, कृष्ण घिमिरे, ज्ञानेन्द्र काफ्ले, सम्झना आचार्य, सिता सापकोटा, तारा अधिकारी, विजय देव अधिकारी, सरोज भुसाल, वासुदेव खनाल, भूपेन्द्र महत, बाबुराम अधिकारी, बुद्धि लामिछाने, इन्दिरा रेग्मी, देव भट्टराई जस्ता सर्जकहरूले आफ्नो सृजना बाँच्न गरेका थिए । 

चेतराज कंडेल, राम प्रसाद ज्ञवाली र श्रवण मुकारूम जस्ता नेपालका स्रष्टाका रचना बाँच्नबाट नेपालका स्रष्टालाई जोड्ने कामलाई समेत निरन्तरता दिने प्रयास कायम गरिएको थियो ।

इन्दिरा रेग्मी र देव भट्टराई दम्पतीको कबितात्मक दोहोरीले निकै आकर्षण थपेको उक्त कार्यक्रममा भूपेन्द्र महतले प्रतिष्ठानको औचित्य माथि प्रकाश पार्नु भएको भएको थियो ।

सबै स्रष्टालाई समान देख्ने र समान अवसर प्रदान गर्ने प्रतिष्ठानको उद्देश्य अनुरूप आगामी कार्यकमको सञ्चालन तारा अधिकारीले गर्नुहुने भएको छ ।

 

प्रतिक्रिया