अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

लस एन्जलसमा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २७ गते १०:४२ मा प्रकाशित

लस एन्जलस,क्यालिफोर्निया- ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्नियाको आयोजनामा यही अगष्ट ११ तारिख शनिबारकादिन लस एञ्जलसको आर्टेसिया सहर स्थित तारा हिमालयन कुजिन, रेस्टुरेन्ट परिसरमा “सामुदायिक रक्तदान” रक्तदान कार्यक्रम समपन्न भएको छ। 

मेरो खेर जाने रगतले कसैको जीवन बच्छ भने मैले रक्तदान किन नगर्ने ?” भन्ने मूल नारा सहित सञ्चालन गरिएको उक्त रक्तदान कार्यक्रमा बहुसङ्ख्यक नेपाली मूलका रक्त दाता भए पनि गैर नेपाली मूलका अमेरिकन रक्तदाताहरुले पनि उत्साहपूर्वक रक्तदान गरेको कुरा आयोजक संस्था ब्लड डोनर्स अफ अमेरिका,क्यालिफोर्नियाले जनाएको छ ।सो संस्थाका क्यालिफोर्निया राज्यका संयोजक श्री एकदेव शर्माका अनुसार स्थानीय अन्य सामाजिक संस्थाहरू सँग सहकार्य गरी निकट भविष्यमा अर्को सहरमा रक्तदान रक्तदान शिविर सञ्चालन गर्ने कार्यक्रमको तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू