अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

थाइराइड के हो ? यो रोग कसरी लाग्छ ? डाक्टरले दिए यस्तो सुझाव !

बिआरटीनेपाल २०७५ साउन २७ गते ९:४९ मा प्रकाशित

थाइराइड भनेको एउटा ग्रन्थि हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । थाइराइड ग्रन्थिको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

मधुमेह भएका बिरामीले वर्षको एक पटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहीँ हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ ।

थायराइड नोड्युल भनेको थायराइड ग्रन्थिको असामान्य वृद्धि हो । थायराइड ग्रन्थि घाँटीमा पाइने गरिन्छ । यो ग्रन्थि सास नली र ट्रेकियाको चारैतर्फ पुलतीको आकारमा टाँसिएको हुन्छ । थायराइड नोड्युलका कारण थायराइड क्यान्सर हुने सम्भावनालाई नकार्न सकिन्न । यदि समयमा यसको निदान नगरेमा यसको आकार बढ्ने गर्दछ र यो बाहिरबाटै देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू