अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

एनआरएन विज्ञ सम्मेलनको समुद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने

बिआरटीनेपाल २०७५ साउन २७ गते ९:४५ मा प्रकाशित

लन्डन । गैर आवासीय नेपाली सङ्घ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रूपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको समुद्घघाटन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

अक्टोबर १२ देखि १५ सम्म हुने सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्न मद्दत पुग्ने संयोजक डा. हेमराज शर्माले बताए ।

गैर आवासीय नेपालीहरूले उनीहरूसँग भएको ज्ञान, सीप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रूपमा सम्मेलनलाई लिइएको उनको तर्क थियो । सम्मेलनमा सहभागी हुने अधिकांश विज्ञहरूको टुङ्गो लागिसकेको गैर आवासीय नेपाली सङ्घले जनाएको छ।

सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका डा. दिनेशराज भुजुको संयोजकत्वमा विज्ञान तथा प्रविधि नीति सेसन, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्याण्डका डा. शोभाकर ढकालको संयोजकत्वमा ज्ञानमा आधारित अर्थव्यवस्था तथा विकासका मार्ग, आरएमआइटी युनिभर्सिटी अस्ट्रेलियाका डा. राजु अधिकारीको संयोजकत्वमा ज्ञान तथा प्रविधि रूपान्तरण, किङ मंगकुटस् युर्निभर्सिटी अफ टेक्नोलोजी थाइल्याण्डका डा. खगेन्द्र ढकालको संयोजकत्वमा विकास नीतिका लागि नेपाली डायस्पोराको भूमिका सेसन, प्रोभेन्सियल हेल्थ सर्भिसेज अथरिटी क्यानडाका द्रोण रसाइली र आइएएएस त्रिभुभन युर्निभर्सिटीका डा. केशव अधिकारीको संयोजकत्वमा कृषि तथा खाद्य सुरक्षा सेसन हुनेछ ।

त्यस्तै इन्स्टिच्युट फर सोसल एन्ड इन्भार्मेन्ट ट्रान्जिशनका डा. अजय दीक्षित र इहिम युनिभर्सिटीका डा। नेत्र प्रकाश भण्डारीको संयोजकत्वमा विपद जोखिम न्यूनिकरण सेसन, एनआरएनए एकेडेमी नेपालका डा. प्रमोद ढकाल र युनिभर्सिटी कलेज लन्डन यूकेका डा. तेजेन्द्र फेरालीको संयोजकत्वमा शिक्षा, इन्स्टिच्युट फर एड्भान्स सेस्टेन्विलिटी स्टडिज जर्मनीका डा. महेश्वर रुपाखेती र युनिभर्सिटी अफ लुसियाना एट लाफियेट, युएसएका डा. दुर्गा पौडेलको संयोजकत्वमा वातावरणीय प्रदूषण, (आइओएम) त्रिभुवन युनिभर्सिटीका डा. अर्चना अमात्य र अबर्ट आइन्स्टाइन कलेज अफ मेडिसिन न्यु योर्क यूएसएका डा. विनोद शाहको संयोजकत्वमा शिक्षा र नीति, (आइओएम) त्रिभुवन युनिभर्सिटीका डा. अरुण तिमल्सिना र नेपाल लाइब्रेरी फाउण्डेशन क्यानडाका डा. नरेश कोइरालाको संयोजकत्वमा ऊर्जा, यातायात र उपयोगिता, श्रम तथा रोजगार मन्त्रालय र सामाजिक सुरक्षा नेपालका प्रकाश दाहाल र डिपार्टमेन्ट अफ द ट्रेजरी यूएसएका किरण (रोन्) सिटौला, सस्टेनेबल इनर्जी जेनेरेशन, अमेरिकन फिजिकल सोसाइटी यूएसएका डा. हरि दाहाल र सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्स त्रिभुवन युनिभर्सिटीका प्रोफेसर नारायण अधिकारीको संयोजकत्वमा भौतिक विज्ञान र समृद्धिमा अलग धार हुनेछ ।

आरएमआइटी युनिभर्सिटी अस्ट्रेलियाका डा. राजु अधिकारी र रिकाष्ट त्रिभुवन युनिभर्सिटीका रामेश्वर अधिकारीको संयोजकत्वमा टेक्नोलोजी ट्रान्सफर एन्ड इनोभेशन, अर्हुश युनिभर्सिटी डेनमार्कका डा. नवीन अर्यालको संयोजकत्वमा छात्रवृत्ति, मेडिटक्स साउथ कोरियाका डा. देवी बस्नेतको संयोजकत्वमा वैदेशबाट फर्किएका व्यवसायीहरू, अमेरिकन फिजिकल सोसाइटी, यूएसएका डा. हरि दाहालको संयोजकत्वमा इनोभेशन एन्ड प्राइभेट इन्भेष्टमेन्ट र नेशनल इनोभेशन सेन्टर नेपालका महावीर पुन र फ्लेभकन क्यानडाका नारायण घिमिरेको संयोजकत्वमा आर्गो फुड इनोभेशन सुपरक्लष्टरमा विशेष कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्मेलन ताहाचलस्थित सोल्टी क्राउन प्लाजाका हुने विज्ञ सम्मेलनको पूर्व तयारी स्वरूप अमेरिका र युरोपमा मिनी विज्ञ सम्मेलन भइसकेको छ भने मध्य पूर्व क्षेत्रीय बैठकमा समेत यसबारे विशेष छलफल हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू