अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

अमेरिकामा कारले हानेर खुट्टा छिनाइदिने नेपाली पक्राउ

बिआरटीनेपाल २०७५ साउन २७ गते ९:१८ मा प्रकाशित

एजेन्सी, कारले हानेर खुट्टा छिनाइदिएको अभियोगमा अस्टिन प्रहरीले एक नेपाली पक्राउ गरेको छ । दीपक थापा नामक ती १९ वर्षीय युवालाई घटनास्थलमा एक प्रत्यक्षदर्शीले खिचेको फोटोको आधारमा पक्राउ गरेको हो । उनले बस स्टपको बेञ्चमा बस कुरेर बसिरहेका एक मानिसलाई कारले हानिदिएको अभियोग छ ।

अभियोग पत्र अनुसार उनले चलाएको कार सडकबाट बाहिर पेटीमा निस्केको थियो । उक्त कारले ती मानिसलाई हानेपछि फोहोर फाल्ने भाँडोलाई हानेका थिए । सडकबत्तीको पोलमा ठोक्किएपछि कार रोकिएको थियो । त्यसपछि उनी कारबाट निस्केर भागेका थिए । त्यति बेला एक प्रत्यक्षदर्शीले उनको फोटो खिचेको बताइएको छ ।

घटना शनिवार साँझ टेक्सास राज्यको अस्टिन शहरमा ५ः४२ बजे २४०० रिभरसाइडमा भएको थियो । अदालतमा दायर अभियोग पत्र अनुसार पीडितको दायाँ खुट्टा छिनिएको छ । अस्पतालका अधिकारीहरूले उनको मस्तिष्कमा समेत रक्तश्राव भएका छ ।

प्रहरी पुग्दा थापाको गाडी घटनास्थलमा थियो । थापालाई भने प्रत्यक्षदर्शीले खिचेको फोटोको आधारमा पक्राउ गरेको थियो । थापाले १६ आउन्सको २ क्यान बियर खाएर कार चलाएको स्विकारेको प्रहरीले जनाएको छ । उनीमाथि नशालु पदार्थ खाएर गाडी प्रयोग गरी आक्रमण गरेको र गाडी रोक्न तथा गति कम गर्न नसकेको अभियोग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू