अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

क्रिकेटर करण केसी १ लाख नगदसहित पोखरामा सम्मानित

बिआरटीनेपाल २०७५ साउन २७ गते ८:१९ मा प्रकाशित

क्रिकेटर करण केसी गण्डकी प्रदेशबाट नगद १ लाखसहित सम्मानित हुनुभएको छ । राष्ट्रिय क्रिकेट टिमका सदस्य करणले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी प्रदेशसहित समग्र नेपालकै नाम उज्वल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उहाँलाई सम्मान गरेको हो ।

पोखरामा आईतवार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनलगायतले केसीलाई नगद १ लाख, सम्मान पत्र, दोसल्ला, माला र खादा लगाएर सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै युवा क्रिकेटर करणले सम्मानमार्फत आफूलाई क्रिकेटमा समर्पित गर्न थप प्रेरणा प्राप्त भएको वताउनुभयो ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुदको माध्यमबाट प्रदेश र देशकै नाम उचो बनाउने खेलाडीलाई सम्मान गर्ने परम्पराको गण्डकी प्रदेशले थालनी गरेको वताउनुभयो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश खेल र खेलाडीको उन्नतिका लागि दत्तचित्त भएर लाग्ने वताउनुभयो । उहाँले सातै प्रदेशमा क्रिकेट एकेडेमी खोल्नुपर्ने बताउँदै त्यसको थालनी पोखराबाट गर्नेबारे गण्डकी प्रदेश सकारले सोंचिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्ने लक्ष्य सरकारले लिएको वताउनुभयो ।

 

प्रतिक्रिया