अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 18:37

पुर्व केन्द्रीय सदस्य राणाको शोकमा कांग्रेसले ३ दिन झण्डा झुकाउने

बिआरटीनेपाल २०७५ साउन २७ गते ८:१४ मा प्रकाशित

नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको शोकमा तीन दिन पार्टी केन्द्रीय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने भएको छ । राणाको साउन २५ गते निधन भएको थियो । लोकतन्त्र र गणतन्त्रको संघर्षमा समर्पित राणाको निधनमा पार्टीले गहिरो दुःख व्यक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आइतबार बसेको बैठकले साउन २७, २८ र २९ गते झण्डा आधा झुकाउने, २८ गते केन्द्र र जिल्ला कार्यालय बन्द गर्ने, र भदौ ६ गते केन्द्रीय कार्यालयमा शोक सभा गर्ने कार्यक्रम कांग्रेसले तय गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू