अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना ग¥यो – परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७५ साउन २७ गते ८:११ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्ने कोशिस गरिरहेको आरोप लगाउनुभएको छ । ज्ञवालीले अधिनायकवादको कृत्रिम हल्ला चलाएर कांग्रेसले सरकारविरुद्ध भ्रम सृजना गर्न कोशिस गरिरहेको वताउनुभएको हो ।

तातो चियाको कपमा बाफ उडेजस्तै कृत्रिम हल्ला फैल्याउने कोशिस भइरहे पनि सरकारलाई त्यसले कुनै असर नगर्ने मन्त्री ज्ञवालीको दावी थियो । आइतबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ वोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले लोकतन्त्रलाई मर्यादित बनाउन र जनताको जीवनस्तरसँग जोड्न सरकारले सक्दो पहल गरिरहेको उल्लेख गर्नुभयो । लोकतन्त्रलाई कहीँकतै पनि कमजोर हुन नदिन सरकार सचेत रहेको उहाको भनाई थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ बनाउन सरकारले छिमेकी मुलुक भारत तथा चीन र संयुक्त राष्ट्र संघसँगको सम्बन्धलाई अझै सुमधुर बनाउने प्रयास गरिरहेको पनि स्मरण गराउनुभयो । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु विश्वकै ठूलो उपलब्धि भएको उल्लेख गर्दै त्यसको अनुभव विश्वसामू पु¥याउने योजनामा सरकार रहेको मन्त्री ज्ञवालीले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू