अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

नेपाल टेलिकम द्वारा महत्वकांक्षी योजना सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन २७ गते ८:१० मा प्रकाशित

नेपाल टेलिकमले सेवा बिस्तार तथा गुणस्तर सुदृढीकरणको लागि भन्दै चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी केही महत्वकांक्षी योजना अघि सारेको छ । टेलिकमले पूर्वाधार विकास, वायरलाइन सेवा, जीएसएम, बीटीएस टावर निर्माण लगायतका कार्ययोजना सार्वजनिक गरेको हो । आर्थिक वर्षको सुरुवातसँगै ती योजनाहरु कार्यान्वयनमा आउन थालिसकेको टेलिकमले जनाएको छ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि पाँच वटा बोलपत्र आह्वान भइसकेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभएको छ ।

जसअन्र्तगत पाचँथरको चियो भञ्ज्याङ देखि गोर्खा–धादिङको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेठवर्क बिस्तार गरीने कार्य योजनामा उल्लेख छ । यस्तै चालू आर्थिक वर्षको पहिलो ३ महिनाभित्र पहाडी जिल्लाका सदरमुकामहरुमा १ हजार किलोमिटर अप्टिकल फाइबर बिस्तार गरीसक्ने टेलिकमले जनाएको छ । जीएसएम मोवाइल सेवामा पोष्टपेड तर्फ ५९ हजार र प्रिपेड तर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य टेलिकमको छ ।

यस्तै सीडीएमए प्रविधिका ८१ हजार र ल्याण्ड लाइनतर्फ ४२ हजार लाइन टेलिफोन वितरण गर्ने योजना टेलकमको छ । डाटाको माग बढ्दै गएकाले मुलुकका मुख्य शहरमा तीन लाख क्षमताको नेटवर्क बिस्तार गरी १ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिने पनि उल्लेख गरीएको छ । यसै वर्षभित्र ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा वाइफाई सेवा सञ्चालनमा ल्याइने महत्वकांक्षी योजना पनि टेलिकमले ल्याएको छ । यी सबै कार्यका लागि करीब २२ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

यसैबीच, गत आर्थिक वर्षमा टेलिकमले २ दशमलव १९ प्रतिशतले आम्दानी वृद्धि गर्दै ४५ अर्ब ५६ करोड ५८ लाख पु¥याएको छ । गत आर्थिक वर्षमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ नाफा कमाएको थियो । यो अघिल्लो वर्षको तुलनामा १ दशमलव ९६ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू