अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट, ६ पक्राउ

बिआरटीनेपाल २०७५ साउन २७ गते ८:०८ मा प्रकाशित

मोरङको विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । महानगर प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ । स्रोतका अनुसार कार्यालयमा कुकर बम विष्फोट भएको अनुमान गरिएको छ । विस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन ।

बम विस्फोट हुँदा महानगर प्रमुख पराजुलीको कार्यकक्षमा उप–प्रमुख इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित रहेको जनाईएको छ । विस्फोटनबाट कार्यालयका झ्यालका सिसाहरु फुटेका छन् । बमको छर्राले को १ झ ४९४ नम्बरको सरकारी गाडीमा समेत क्षती पुगेको छ । विस्फोटको घोर भत्र्सना गर्दै महानगर प्रमुख पराजुलीले संविधान र वर्तमान राज्य संरचना नमान्नेहरुले विस्फोट गराएको हुन सक्ने बताउनुभयो । आफूलाई कुनैपनि पक्षबाट धम्की नआएको उल्लेख गर्दै उहाँले जनताका प्रतिनिधि बसेर जनताकै काम गर्ने क्षेत्रलाई लक्षित गरी विस्फोट गराउनु घोर निन्दनीय भएको वताउनुभएको छ ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । यसैबीच, विस्फोट नेत्रविक्रम चन्द समूहका नेकपा कार्यकर्ताले गराएको आशंका गरिएको छ । यहि साउन २९ गतेको नेपाल बन्दलाई सफल पार्न आइतबार र सोमबार उनीहरुको प्रचारात्मक कार्यक्रम रहेकाले यो विष्फोट उनीहरुले नै गरेको आशंका गरिएको हो । तर, यसलाई मोरङ प्रहरीले आधिकारीक रुपमा पुष्टी गरेको छैन । विस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू