अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

बे एरियामा धार्मिक महोत्सवको लागी पत्रकार सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २६ गते १५:२० मा प्रकाशित

अमेरिकाको सानफ्रान्सिस्को, क्यालिफोर्नियामा सामुदायिक भवन निर्माणका लागि धार्मिक महोत्सवको आयोजना गरिने भएको छ । उक्त कार्यक्रमको जानकारी दिन हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रम ब्रकलिको हिमालयन फलेबर नेपाली रेस्टूरेंटमा गरेको थियो । नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ धार्मिक महोत्सवको आयोजना गर्न लागिएको कार्यक्रममा करिब १० हजार नेपालीको सहभागिता रहनेमा आयोजक आशावादी रहेको कार्यक्रमका संयोजक तथा न्यंसका बरिस्ट उपाध्यक्ष ईश्वर कान्त सिटौलाले बताऊँनुभयो ।

नेपाली कम्युनिटी भवनका संयोजक उत्तम कार्की र प्रवक्ता प्रितेस कार्कीले कार्यक्रमलाई सहज करण गर्दै उठेका प्रश्नको जबाफ दिँदै सम्पूर्ण कार्यक्रम बारे प्रकाश पार्नु भयो । पण्डित दिनबंधु पोखरेल सहभागी रहेको प्रेस मिटमा पण्डितले आफूसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै ‘हाम्रो धर्म संस्कार संस्कृतिलाई पुस्तांतरन गर्ने यस्ता पवित्र कार्यमा आफू सदैव अग्रगामी भूमिका खेल्ने र बे एरिया बासीहरूको उच्च कोटिको महायज्ञ सम्पन्न गर्न हर सम्भव प्रयास गर्ने’ बताऊँनुभयो । नेपाली एसोसिएसन अफ नदर्न क्यालिफोर्नियाका अध्यक्ष रबिद्र राईले सामूहिक भवनको अवधारणालाई पूरा गर्न किनिएको जग्गामा भवन निर्माण गर्न यो महायज्ञले ठुलो टेवा पुग्ने र यसमा सम्पूर्ण नेपालीहरूको साथ र सहयोग मिल्ने छ भन्नेमा अस्वस्थ रहेका छौ भन्नुभयो ।

यही अगष्ट १२ देखि १९ सम्म आयोजना हुने धार्मिक महोत्सवमा पण्डित दिनबन्धु पोखरेल लगायतका गुरुहरूबाट धार्मिक आध्यात्मिक प्रवचन, मन्त्रोच्चारण कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकले यस पवित्र कार्यमा सरिक हुन सम्पूर्ण फ़्रांसिस्को बे एरियावासीहरूलाई अनुरोध गरेको छ ।

सम्पूर्ण नेपालीहरूलाई आयोजकले गरिमामय उपस्थितिका लागि सविनय आग्रह गरेको छ । यस महाअभियानमा नेपाली जनसम्पर्क समिति उत्तरी क्यालिफोर्निया च्याप्टर, एनआरएन ए सिसी यूएसए, क्यालिफोर्निया च्याप्टर, किराँत राई एसोसिएसन क्यालिफोर्निया च्याप्टर, शनि सगरमाथा समाज, क्रियटिभ नेपाल अर्गनाइजेशन, द ह्वाइट जोन, नेपाली एोशियशन अफ ग्लोबल कर्पोरेसन, तामागं कोअर्पेटिभ सोसाइटी अफ क्यालिफोर्निया नामक संस्थाहरूको सहभागिता रहेको छ । साथै धार्मिक महोत्सवको अन्तिम दिन (०८-१९-२०१८) को दिन बहु प्रतिक्षित एनसीसी मेगाराफल चिट्ठा पनि पनि खुल्दैछ । जसका लागी आफ्नो टिकट सुरक्षित गरेर भाग्य परीक्षा गर्न आयोजकले आग्रह गरेको छ । कार्यक्रमलाई सफल बनाउन्न क्यानडाबाट पाल्नु भएका दोहोरी गायक बुद्धि सागर बस्यालले आफ्नो मिठो भाका डाँफे नाचेर भाकामा मिठो गीत सुनाउँदै सम्पन्न भएको थियो । 

प्रतिक्रिया