अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

सान फ्रान्सिस्कोमा तीज कार्यक्रम भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २५ गते १५:१३ मा प्रकाशित

नेपाली महिलाहरूको महान् चार्ड हरितालिका तीज सान फ़्रांसिस्कोमा भब्यरुपमा सम्पन्न भएको छ । आयोजक गोमा अधिकारीका अनुसार १५० बढीले सहभागिता जनाएका थिए । तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड मध्येको एक हो । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

त्यसैले सबै दुख पिडा बिर्सेर केही समय रमाइलो गर्नुको साथै हाम्रो सस्कृतिलाइ पनि जगेर्ना गरौँ भन्ने उद्देश्यको साथ कार्यक्रमको आयोजना गरेको अधिकारीले बिआरटी नेपाललाई जानकारी गराउनु भयो र यो कार्यक्रम हरेक वर्ष आयोजना गरिने पनि उद्घोस गर्नु भयो ।  सहभागीबाट उठेको रकम टिचिंग र कान्ति बाल अस्पतालको बालबालिकाकाको लागी प्रधान गरिने र केही रकम क्यालिफोर्नियाको सन्निभेलमा ब्लड क्यांसर भएको बच्चाको लागी दिने जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू