अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

चैत्यदेवी, भुवन चन्द, बसुन्धरा भुसाल, रुपा राना, सारिका घिमिरेले कम्मर मर्काएको तीज गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन २५ गते १४:२७ मा प्रकाशित

काठमाडौँ, सञ्चारकर्मी गीता अधिकारीको ‘यतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी मिलापको प्रस्तुतिमा नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतलाई नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको थियो ।

सार्वजनिक कार्यक्रममा घर्तीले गीतको तारिफ गर्दै उनले सबै महिलाकाहरुको नेतृत्व गर्दै जागरण सम्बन्धी तीज गीत साथै सन्देश मूलक तीज गीत ल्याएको बताइन । त्यस्तै नेपाल पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शान्त राम विडारी, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष शान्ति प्रिय, वरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंह, मिलापका सम्पादक कृष्ण भुसाललगायतले शुभकामना मन्तव्य दिएका थिए । सञ्चारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा गीतकार गीता अधिकारीले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भए पनि आफ्नो यो पहिलो तीज गीत हो भन्दै सबैको साथ सहयोग पाउनेमा आफू आशावादी रहेको बताइन् । कला, साहित्य र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको आयोजना मिलापले गरेको थियो ।

कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउँने विभिन्न व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनि मिश्रण रहेको गीतको भिडियोलाई युवराज बाइबाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन÷सम्पादन रहेको छ । वल्र्ड कभर मिडिया प्रा.लि.को पोस्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जाल रहेको छ ।

प्रतिक्रिया