अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

अमेरिकालाई उत्तर कोरियाको चेतावनी

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:३४ मा प्रकाशित

उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत् आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको तथा आणविक परीक्षण केन्द्रहरु बन्द गरेको जनाएको छ ।

तर, अमेरिकाले एकपक्षीयरुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेको मा उत्तरले कडा आपत्ति जनाएको छ । अमेरिकाले पुरातन शैली अपनाएको खण्डमा प्रगतिको अपेक्षा गर्नु व्यर्थै हुने उल्लेख गर्दै त्यो विगतमै असफल भइसकेको सिद्धान्त रहेको उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।

यद्यपि, उत्तर कोरियाली अधिकारीहरुले विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध रहेको स्पष्ट पारेका छन । ढिलै भएपनि संयुक्त राज्य अमेरिकाले आफ्ना इमान्दार प्रयासहरुलाई सहीरुपमा सम्बोधन गर्ने उत्तरले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू