अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

मुलुकभर एक करोड प्रति श्रीमद्भागवत् गीता वितरण अभियान शुरु

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:३२ मा प्रकाशित

विश्वको सर्वाधिक आध्यात्मिक पुस्तक प्रकाशन गर्ने भारतको गोरखपुरस्थित गीता प्रेसले नेपाली भाषामा ‘श्रीमद्भागवद्गीता र सरल गीता’ १ करोडप्रति छापेर देशभर वितरण गर्ने अभियान सुरु गरेको छ । आध्यात्मिक ज्ञान बढाउने लगायतका उद्देश्य राखेर गीता प्रेस र काठमाडौंस्थित गीता प्रेस सेवा केन्द्रले ‘प्रत्येक नेपालीको घरघरमा श्रीमद्भागवद्गीता र सरल गीता हाम्रो अभियान’ कार्यक्रम थालेको हो । ग्रन्थका अनुवादक तथा संयोजक वासुदेव कृष्ण शास्त्रीका अनुसार नेपालमा गीता प्रेस पुस्तक बिक्री केन्द्र स्थापना भएको २ वर्ष पूरा भएको अवसरमा यस्तो अभियान ल्याइएको हो ।

शास्त्रीका अनुसार ‘समाजमा विचलन, दुराचार र थुप्रै समस्या बढदै गइरहेकाले आध्यात्मिक ज्ञान बढाउन प्रत्येक नेपालीको हातहातमा गीता पु¥याउने अभियान सञ्चालन गरिएको वताईएको छ । यी दुई पुस्तकको हालै पशुपति क्षेत्रमा पशुपति मन्दिरका मूल भट्ट रावल गणेश भट्ट, गीता प्रेसका प्रधान सम्पादक डा. लालमणि तिवारी, केन्द्रका संस्थापक अध्यक्ष जय किसन सारडा लगायतले लोकार्पण गर्नुभएको थियो ।

पहिलो चरणमा ३० हजार प्रति गीता छापिएको केन्द्रले जनाएको छ । संयोजक शास्त्रीले देशभरका विद्वान् र गुरुहरुमार्फत आगाामी ४ वर्षभित्र १ करोड प्रति गीता वितरण गरिने वताउनुभो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू