अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

गण्डकी प्रदेशमा ३२ सय कर्मचारी आवश्यक – मुख्यमन्त्री गुरूङ

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:२७ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारी अभावले प्रदेशमा काम गर्न समस्या भएको वताउनुभएको छ । विभिन्न मन्त्रालयबाट कर्मचारी खटाउने निर्णयको प्रभावकारी कार्यान्वयन नहुँदा कार्यसम्पादनमा समस्या भएको उहाले वताउनुभयो । प्रदेश सरकारको गठन भएको लामो समय बितिसक्दा समेतसरकारले आवश्यक कर्मचारी व्यवस्थापन गर्न नसक्दा सेवा प्रभावित भएको गुरुङ्गको भनाई थियो ।

म्याग्दीमा दोस्रोे जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशमा करिब ३२ सय कर्मचारीको आवश्यकता रहेको वताउनुभएको छ । प्रदेशमा करिब ३२ सय कर्मचारी आवश्यक परे पनि कर्मचारी व्यवस्थापन गर्न नसक्दा सेवा प्रभावित भैरहेको उहाको भनाई छ ।

प्रदेश सरकार गठन भएपछि सार्वजनिक भएका बजेटलाई कार्यान्वयन गर्न समेत कर्मचारी अभावले समस्या भएको बताउँदै मुख्यमन्त्री गुरुङले सामान्य मन्त्रालयबाट खटाइएका कर्मचारी तोकिएको स्थानमा पुगेको अवस्थामा पनि थप कर्मचारीको आवश्यकता रहने वताउनुभयो । मुख्यमन्त्री गुरुङले तीन तहको सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरेमा पाँच वर्षभित्र देशले काँचुली फेर्ने दावी गर्नुभयो । राजनीतिक मुद्दामा प्राप्त उपलब्धिलाई संस्थागत गर्न पार्टीगत स्वार्थ त्यागी एकजुट भएर लाग्नुपर्नेमा उहाले जोड दिनुभएको छ ।

कार्यक्रममा वोल्दै गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रादेशिक संरचनामा विश्वविद्यालय, महाविद्यालय, खेल प्रशिक्षण केन्द्र, सांस्कृतिक प्रतिष्ठान गठनको तयारी भएको वताउनुभयो । जिल्ला सभामा म्याग्दीका ६ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र जिससका पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू