अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

विपक्षीको अवरोधका कारण सरकारले सोचेजस्तो काम गर्न पाएन – मन्त्री पद्मा अर्याल

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:२६ मा प्रकाशित

नेपाल सरकारका भूमि व्यव्वस्थापन, सहकारी एवम् गरीबी निवारणमन्त्री पद्मा अर्यालले विपक्षीका अवरोधका कारण सरकारले सोचेजस्तो काम गर्न नपाएको वताउनुभएको छ । विपक्षीले संसद अबरुद्ध गर्ने, अदालतमा रिट हाल्ने लगायतका काम गर्दा सरकारले सोंचेजस्तो काम गर्न नसकेको उहाँको भनाई थियो । यद्यपि, सरकारको काम सन्तोषजनक नै रहेको मन्त्री अर्यालले दावी गर्नुभएको छ ।

शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अर्यालले सरकारलाई काम गर्न नदिन बिपक्षीले बिना एजेण्डा संसद अबरुद्ध गरेको आरोप समेत लगाउनुभयो । मन्त्री अर्यालले सरकार बनेको ४ महिना मात्र भएको बताउँदै अहिले नै सरकारका उपलव्धि र काम कारवाहीको मूल्यांकन गर्ने बेला नभएको जिकिर गर्नुभयो ।

दीर्घकालीन योजना अघि नसारी निर्माणमा मात्र जुटेको भए अहिले नै सकारात्मक परिणाम देखिई सक्ने दाबी गर्दै मन्त्री अर्यालले वर्तमान सरकारलाई काम नगर्ने छुट नभएको ठहर गर्नुभयो । चाँडै नै जनताले परिवर्तनको महसुस गर्नेगरी रिजल्ट आउने उहाँको दावी छ । भूमिसित सम्वन्धित सुकुम्वासी समस्या समाधान, सार्वजनिक जग्गाको अतिक्रमण रोक्ने, गुठीका जग्गालाई व्यवस्थित गर्ने र अव्यवस्थित वसोवासलाई थप व्यवस्थित गर्ने लगातका विषयमा सरकारको ध्यानाकर्षण रहेको उहाँले स्पष्ट पार्नुभयो ।

स्थानिय सरकारले जथाभावी कर बढाएको व्यापक गुनासो आएको बताउँदै यसलाई संघीय सरकारले सच्याउने मन्त्री अर्यालको भनाई थियो । जनताले कर तिर्नैपर्ने तर एकैपटक धेरै बढाएको व्यापक जनगुनासो आएको भन्दै अर्यालले पछिल्लोपटक जथाभावी बढाईएको कर संघीय सरकारले सच्याउने वताउनुभयो । स्थानिय सरकारलाई जथाभावी कर नबढाउन केन्द« सरकारले सचेत पनि गराएको मन्त्री अर्यालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू