अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

’फेक’ इन्काउन्टर हल्ला मात्रै भएको गृहमन्त्री राम वं थापा ’वादल ’ को दाबी

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:२४ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ’वादल ’ ले बालक निशान खड्काको अपहरण र हत्यामा संलग्नमाथिको इन्काउन्टर ’फेक’ रहेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीहरुसँग शुक्रवार कुराकानी गर्दै गृहमन्त्री थापाले अपराधमा संलग्नलाई २४ घण्टाभित्रै फेला पार्न प्रहरी सफल भएको भन्दै सो इन्काउन्टर ’फेक’ नभएको बताउनुभएको हो ।

मन्त्रालयमा प्राप्त सूचना अनुसार उक्त घटना मुठभेडका क्रममा भएको गृहमन्त्री थापाले दावी गर्नुभयो । ’फेक इन्काउन्टर भन्ने हल्ला मात्रै रहेको र आफुहरुले त्यसलाई हल्लाकै रुपमा वुझेको मन्त्री थापाको भनाई थियो । यसअघि, हिजो मात्रै महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले गृहमन्त्री थापालाई भेटेर बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीमाथिको प्रहरी इन्काउन्टर ‘फेक’ नभएको ब्रिफिङ गर्नुभएको थियो ।

गत आईतबार काठमाण्डौंको काडाँघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्कालाई प्रहरीले सोमबार मृत अवस्थामा फेला पारेको थियो । सोही दिन अपहरणमा संलग्न सिन्धुपाल्चोकका २२ बर्षीय गोपाल तामाङ र नुवाकोटका २३ बर्षिय अजय तामाङको पनि प्रहरीको गोली लागी मृत्यु भएको थियो । प्रहरीले इन्काउन्टरमा उनीहरुको मृत्यु भएको बताउँदै आएपनि सो इन्काउन्टर ’फेक’ भएको भन्दै प्रहरीको आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू