अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

नेकपाको सरकार विना देश भयानक संकटमा – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेकपा नेतृत्वको सरकार नभएको भए देश भयानक राजनीतिक एवं आर्थिक संकटमा पर्ने दावी गर्नुभएको छ । अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु¥याएको ठहर गर्दै प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने वताउनुभयो ।

शुक्रवार प्रदेश ५  बाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुसँगको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले सरकार मार्फत विकास र निर्माणका महत्वपूर्ण योजना आएको तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु थालिएको जानकारी गराउनुभयो । कम्युनिष्ट पार्टीको सरकार बनेकोमा कतिपयलाई असहृय भएको भन्दै प्रधानमन्त्री ओलीले जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएकाले देशको आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

कार्यक्रममा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापा लगायतका सांसदहरुले सरकार र मन्त्रीहरुको काम– कारबाहीका साथै चालु आर्थिक वर्षको वजेटका विषयमा धारणा राख्नुभएको थियो । सो अवसरमा सांसदहरुले बाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू