अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

भारतले व्यापार घाटा कम गर्न सघाउने

बिआरटीनेपाल २०७५ साउन २४ गते २०:०५ मा प्रकाशित

नयाँदिल्ली – नोपालको बढ्दो व्यापार घाटा कम गर्न भारतले सघाउने भएको समाचार आजको कान्तिपुर दैनिकले अर्थ वाणिज्य पृष्ठमा छापेको छ । 

समाचारमा लेखिएको छ, वाणिज्य सन्धीमा आवश्यक संशोधन गरी व्यापार घाटा कम गर्न भारतीय पक्ष सकारात्मक देखिएको हो ।

बिहीबार नयाँ दिल्लीमा भएको सहसचिवस्तिरीय वैठकमा वाणिज्य (व्यापार) सन्धिमा आवश्यक पुनरावलोकन गर्ने समझदारी बनेको छ ।

वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन प्राविधिक समितिको बैठकमा त्यससम्बन्धी विषयहरुमा छलफल भएको र बैठक सकारात्मक रहेको नेपाली प्रतिनिधिमण्डलका संयोजक रविशंकर सैंजुले बताए ।

उनका अनुसार, बढ्दो व्यापार घाटा, वैदेशिक लगानी तथा सन्धीमा भएका भन्साररहित सुविधा विषयमा बैठक केन्द्रित थियो ।

नोपली उत्पादन भन्साररहित सुविधामा भारत निकासी गर्दा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनैपर्ने हालको व्यवस्थालाई कम्तीमा २५ प्रतिशतमा झार्नुपर्ने नेपली पक्षको माग थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू