अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

आर्थिक बृघ्दिलाई टेवा पुग्ने हिसावले ऋणको व्याजदर घटाउन बैंक तथा वितिय संस्थाहरुलाई गर्भनर नेपालको आग्रह

बिआरटीनेपाल २०७५ साउन २४ गते १९:४० मा प्रकाशित

केन्द्रिय बैंकका गर्भरनर डा चिरञ्जीवि नेपालले अहिले बैंकिङ तरलताको अबस्था सहज रहेकाले आर्थिक बृघ्दिलाई टेवा पुग्ने हिसावले ऋणको व्याजदर घटाउन बैंक तथा वितिय संस्थाहरुलाई आग्रह गर्नु भएको छ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारहरुको तालिम कार्यक्रममा गर्भरनर डा चिरञ्जीवि नेपालले बजारमा अधिक तरलताको स्थिति देखिए पछि केन्द्रिय बैकले तिन हप्तामा ९३अर्ब २५ करोड रुपैयाँ बजारबाट प्रशोचन गरेको बताउनु भयो।

यस्तो अबस्थामा ऋणको व्याजदर घट्नै पर्ने भन्दै उहाँले कतिपय बैंक तथा वितिय संस्थाहरुले व्याजदर घटाउन शुरु समेत गरि सकेको बताउनु भयो।

नेपालको नीजि क्षेत्रले पनि तरलता सहज भएको बेलामा ऋण नमाग्ने र असज भएको बेला अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गर्ने गरेको भन्दै गर्भरनर डा नेपालले दोधारे चरित्र नदेखाउन  उधमी व्यबसायीलाई आग्रह गर्नु भयो।

केन्द्रिय बैंकले गरेको नयाँ व्यबस्था अनुसार यहि श्राबण महिना भित्र कर्जा र निक्षेपको बार्षिक कार्य योजना केन्द्रिय बैकमा पेश गरी सक्न बैंक तथा वितिय संस्थाहरु गर्भनर डा नेपालले निर्देशन दिनु भयो।

सो अबसरमा नेपाल बैकर्श संघका अघ्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल आर्थिक पत्रकार समाज सेजनका अघ्यक्ष पुष्पराज आचार्यले आर्थिक पत्रकारहरुको क्षमता अभिबृघ्दिले समग्र आर्थिक पत्रकारिताको स्तर बढ्ने बताउनु भयो।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू