अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

गृहमन्त्रीलाई प्रहरीको ब्रिफिङ – इन्काउन्टर फेक नभएको दावी

बिआरटीनेपाल २०७५ साउन २४ गते ९:२२ मा प्रकाशित

बालक अपहरणपछि हत्यामा संलग्नमाथि गरिएको इन्काउन्टरबारेमा प्रहरीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ब्रिफिङ गरेको छ । ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या र अपहरणकारी भनिएका दुईजनाको इन्काउन्टर बारे थापालाई महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले सरकारी निवास पुल्चोक पुगेर ब्रिफिङ गर्नुभएको हो ।

सिंहले बाहिर सार्वजनिक भएजस्तो फेक इन्काउन्टर नभएको जानकारी मन्त्री थापालाई गराउनुभएको स्रोतले जनाएको छ । उहाँले समयमा फोनको लोकेशन प्राप्त नहुँदा निशानलाई सकुशल उद्धार गर्न नसकिएको वताउनुभएको थियो । त्यसक्रममा मन्त्री थापाले प्रहरीले संवेदनशील घटनामा अनुसन्धान गर्दा विवेक प्रयोग गर्नुपर्ने बताउँदै मानवीय संवेदनालाई पनि ख्याल गर्न सुझाउनुभएको थियो ।

त्यसैगरी सिंहले बिहीबार नै गृहमन्त्रालयका सचिव प्रेमकुमार राईलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर सोही घटनाबारेमा ब्रिफिङ गर्नुभएको छ । सञ्चारमाध्यमले बालक अपहरणपछि हत्यामा संलग्नहरुलाई पक्राउ गरेर हत्या गरिएको बताइरहँदा प्रहरी नेतृत्वले गृहमन्त्री र सचिवलाई यस्तो स्पष्टिकरण दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू