अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

अष्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स् पूरै खडेरीकोे चपेटमा

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:३१ मा प्रकाशित

अष्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स् भीषण खडेरीकोे चपेटामा परेको छ । आधिकारिक रुपमै उक्त राज्यलाई शतप्रतिशत खडेरीको सूचीमा राखिएको छ । अष्ट्रेलियाकै घना आवादी रहेको सो राज्य इतिहासमै खराब खडेरीको मारमा परेको हो ।
न्यू साउथ वेल्सले अष्ट्रेलियाको कुल कृषि उत्पादनमा एक चौथाइ हिस्सा ओगट्दै आएको छ ।

जुलाईमा त्यहाँ १० मिलिमिटरभन्दा कम वर्षा मापन गरिएको थियो । आगामी महिना पनि सामान्यभन्दा अझै सुक्खा हुने पूर्वानुमान गरिएको छ । खडेरीका कारण केन्द्र र राज्य सरकारले ४३० मिलियन डलरको आपत्कालीन कोष खडा गरेको अधिकारीहरुले जनाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू