अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

क्यालिफोर्नियाको डढेलो नियन्त्रण गर्न कानुनले रोकेको अमेरिकी राष्ट्रपति ट्रम्पको ठहर

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खराव वातावरणीय कानुनका कारण क्यालिफोर्नियामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको वताउनुभएको छ । राष्ट्रपति ट्रम्पले डढेलो नियन्त्रणका लागि उचित ढंगले पानीको प्रयोग गर्न कानुनले रोकेकाले समस्या उत्पन्न भएको ठहर गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आगो नियन्त्रणका लागि रुख काट्नुपर्ने भए पनि वातावरण कानुनले यसलाई पनि रोकेको प्रतिक्रिया दिनुभयो । उपलब्ध पानीलाई उचित ढंगले उपयोग गर्न सके आगो नियन्त्रणमा आउने उहाँको दाबी छ । क्यालिफोर्नियाको पानी मुर्खतापूर्ण तरिकाले प्रशान्त महासागरमा लगिएकोले आगो निभाउन पानीको अभाव भएको र डढेलोले धेरै क्षति पु¥याएको ट्रम्पको भनाइ छ ।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पानीको वहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा ‘मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगेको’ भन्दै ट्रम्पले असन्तुष्टि समेत पोख्नुभएको छ । क्यालिफोर्नियामा विनासकारी डढेलोले राज्यमा वितन्डा मच्चाएको छ । यसका कारण राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।

क्यालिफोर्नियाको विभिन्न १७ स्थानमा फैलिएको डढेलोे नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रक खटिएको भए पनि एक हप्ता पहिलेदेखि शुरु भएको आगो अझै फैलिइरहेको वताईएको छ । डढेलो नियन्त्रणमा आउन अझै १ महिना लाग्नसक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू